८ कार्तिक २०८३, आइतबार

एनआईसी एशिया बैंकको एटीएम फुटाउँदै गर्दा सिन्धुपाल्चोकका चौंलागाई पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकको एटीएम फुटाउँदै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित बैंङकको एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने चौलागाईले राति साढे १ बजेको समयमा उक्त एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।