८ कार्तिक २०८३, आइतबार

नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक शुरू, केन्द्रीय कमिटी पनि बस्ने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शुरू भएको छ ।

केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक केहीबेरअघि शुरू भएको हो । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको नेताहरूले बताएका छन् । स्थायी कमिटीले एजेण्डा तय गरेसँगै सोही स्थानमा केन्द्रीय कमिटी बैठक शुरू हुने बताइएको छ ।

बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने अनुमान समेत गरिएको छ ।