
काठमाडौं, २१ साउन । मिर्गौला प्रत्यारोपणलाई पूर्ण निःशुल्क गराउन माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुने भएको छ ।
सरकारले मिर्गौला प्रत्यारोपणका लागि अझै शुल्क लिइरहेको भन्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले पूर्ण रुपमा निःशुल्क गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सोही रिटबारे आज सुनुवाई हुन लागेको हो ।
रिटको सुुनुवाइका लागि न्यायाधीस टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलास तोकिएको छ । अधिवक्ता पौडेलले साउन १२ मा दायर गरेको रिटमा प्रत्यारोपण आधारभुत स्वास्थ्य सेवा अन्तर्गत पर्ने भएकाले सरकारलाई प्रत्यारोपणका नाममा शुल्क असुल नगराउन अन्तरिम आदेश माग गरिएको छ ।















प्रतिक्रिया