८ कार्तिक २०८३, आइतबार

भेरोसेल खोपको दोस्रो मात्रा भोलिदेखि दिइँदै, कहाँ–कहाँ तोकियो खोप केन्द्र ? (सूचीसहित)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २१ साउन । भोलि शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

७७ वटै जिल्लामा यसअघि कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा लगाइने भएको हो । स्वास्थ्य सेवा विभागले भीडभाड नगरी खोप लगाउने कार्यक्रम सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

काठमाडौँ जिल्लामा मात्र १४७ वटा खोप केन्द्र तोकिएको छ । पहिलो मात्रा लगाउँदाको कार्ड, विद्युतीय दर्ता गर्दाको प्रिन्ट तथा फोटोसहितको नम्बरको आधारमा खोप लगाउन पाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

साउन २४ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ । काठमाडौँ महानगरपालिकामा ३२ वटा वडामै खोप केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

कहाँ लगाइन्छ खोप ?