
काठमाडौं, २१ साउन । उच्च शिक्षाका अध्ययनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह अमेरिका जाने भएका छन् ।
हृदयेन्द्रले रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेसँगै उनी उच्च शिक्षाका लागि अमेरिका जान लागेको बताइएको छ । अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने स्रोतको भनाइ छ ।
पूर्व नवयुवराज समेत रहेका हृदयेन्द्रको जेठ ९ गते कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको तस्वीर तथा शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक गरिएको थियो । शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरविक्रम शाह छ ।
सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्ष पुगेका छन् । उनका दुई दिदीहरू पूर्णिका र कीर्तिका थाइल्यान्डमा अध्ययरत छन् ।
















प्रतिक्रिया