काठमाडौं, २१ साउन । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सि शनिवार र आइतवार काठमाडौं ल्याइने भएको छ ।
आज र भोलि जापानबाट ती खोप ढुवानी हुने काठमाडौंमा रहेको जापानी दूतावासले जनाएको छ । दुई दिनमा ८ लाख डोज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा गौतमले बताए ।
भारतमा निर्मित कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ ।
कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका झण्डै १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा रहेका छन् ।











प्रतिक्रिया