८ कार्तिक २०८३, आइतबार

एमाले केन्द्रीय कमिटीको नामबाट बोलाइएको बैठक आधिकारिक होइन : केन्द्रीय कार्यालय

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेकपा एमालेको केन्द्रीय कार्यालयले भोलि साउन २१ गते ‘एमाले केन्द्रीय कमिटी’को नामबाट बोलाइएको बैठक अनधिकृत भएको बताएको छ ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेको नामबाट भोलि बस्न लागेको बैठक अनधिकृत भएको जनाउँदै आपत्ति प्रकट गरेको हो । एमालेको असन्तुष्ट पक्ष नेपाल–खनाल समूहले भोलि बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

सो बैठकलाई लक्षित गरी एमाले कार्यालय सचिवले विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेका हुन् । ‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकाले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउन २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु ।’

पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा उनले अपिल समेत गरेका छन् ।

नेपाल–खनाल समूहले आज बुधबार केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर, केही सदस्यहरु उपत्यकाबाहिर रहेको भन्दै सो बैठक भोलिलाई सारेको छ ।