
काठमाडौं, २० साउन । नेपाली कांग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।
क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोक लगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवादमाथि छानबिन गर्न नसकेपछि शीर्ष नेताबीच छलफल भइरहेको छ ।















प्रतिक्रिया