
काठमाडौं, २० साउन । सानिमा लाइफ इन्स्योरेन्सको आर्ईपीओमा माग भन्दा २.२२ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।
त्यसमा ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताले १ अर्ब २० करोड १८ लाख २६ हजार रकमको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।
आर्ईपीओमा निष्काशनको पहिलो दिन ५ बजे सम्मको तथ्यांकमा शेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढि रहेको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आर्ईपीओमा साउन २४ गते गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।















प्रतिक्रिया