१७ कार्तिक २०८३, मंगलबार

साउन २२ देखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै, काठमाडौँमा यी स्थानमा लगाइने (सूचीसहित)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २० साउन । शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

७७ वटै जिल्लामा यसअघि कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा लगाइने भएको हो ।

स्वास्थ्य सेवा विभागले भीडभाड नगरी खोप लगाउने कार्यक्रम संचालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ । काठमाडौँ जिल्लामा मात्र १४७ वटा खोप केन्द्र तोकिएको छ ।

पहिलो मात्रा लगाउँदाको कार्ड, विद्युतीय दर्ता गर्दाको प्रिन्ट तथा फोटोसहितको नम्बरको आधारमा खोप लगाउन पाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

साउन २४ गतेसम्म खोप अभियान संचालन हुने जनाइएको छ । काठमाडौँ महानगरपालिकामा मात्र ३२ वटा वडामै खोप केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

कहाँ लगाइन्छ खोप ?