बुटवल, २० साउन । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफू माओवादी केन्द्रमा नै रहेको बताएकी छिन् ।
माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी खत्री एमालेमा प्रवेश गरेको विज्ञप्तिहरू सार्वजनिक भएका थिए ।
उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय दलको कार्यलयमा उपस्थित भएपछि पुनः माओवादीमा फर्किएकी हुन् ।
स्रोतका अनुसार उनले दलको कार्यालयमा उपस्थित भएर आफूलाई मुख्यमन्त्रीको कार्यलयमै राखिएकोले सम्पर्कबाहिर रहेको बताएकी छिन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थित भएकी थिइन् ।
मुख्यमन्त्री शंकर पोखरेलले दुःख दिएको भन्दै सांसद खत्री माओवादीका नेताहरूसामु रोएकी थिइन् । उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन नसकेको बताएकी छिन् ।
उनले आफूलाई मुख्यमन्त्रीको कार्यलयमा राखेर बन्धक बनाएर नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा सार्वजनिक गरेको पनि बताएको खुलेको छ ।
सांसद खत्रीले सरकारसँग आफ्नो जीवन रक्षाको पनि गरेकी छन् ।











प्रतिक्रिया