बर्दिया, २० साउन । बर्दिया जिल्लामा साइकलमा भन्सार छली गरेर भारतबाट ल्याइएको सामानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका–७ पुरानो कण्ठपुरस्थित ३ जना महिलाहरूले ३ वटा साईकलमा ८१ हजार ४ सय ८० रुपियाँ मूल्य बराबरको बिभिन्न किराना, सुर्तिजन्य तथा बिद्युतीय सामग्रीहरू बरामद गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी चौकी कालिकाबाट खटिएको गस्ती टोलीलाई देख्ने बित्तिकै १ जना महिला साईकल र सामान छोडी भारततर्फ भागेके थिइन् । बाँकी २ जना महिला जिल्ला बर्दिया बाँसगढी नगरपालिका–६ बस्ने शारदा थारु र दीपा थारुलाई साईकल र सामानसँगै नियन्त्रणमा लिइएको छ ।
ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको प्रहरी टोलीले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ स्थित खानेपानी भवनको कम्पाउण्डमा भारतबाट भन्सार छली गरी ल्याई बेवारिसे अबस्थामा राखिएका अन्दाजी मूल्य रू. १८१४५ बराबरको चिनी तथा किराना सामान फेला पारेको छ ।











प्रतिक्रिया