७ कार्तिक २०८३, शनिबार

रिलायबल लाइफ इन्स्योरेन्सले बीमामा नयाँ रेकर्ड बनाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा नयाँ रेकर्ड बनाउने भएको छ ।

यसअघि आईपीओ ल्याएका कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा सेयर जारी गरेका थिए । रिलायबलले भने १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । त्यसको लागि कम्पनीले अनुमतिको लागि आवेदन दिएको छ ।

कम्पनीले प्रति कित्ता ११२ रुपैयाँमा १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा अनुमतिको लागि आवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।