काठमाडौं, २० साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठक स्थगित भएको छ ।
एमालेको केन्द्रीय कमिटीमा ४० प्रतिशत हाराहारी रहेको नेपाल समूहको भेला बुधबार बस्ने भनिएको थियो । नेपाल समूहको बैठक बिहीबार बस्नेछ ।
केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले केही केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेकाले बुधबार बस्ने भनिएको बैठक बिहीबारसम्मलाई स्थगित गरिएको बताएकी छिन् ।
स्थायी कमिटी बैठकमा बेदुराम भूसाल र मुकुन्द न्यौपाने बाहेक सबैले एकतामा ढिला गर्न नहुने धारणा राखेका छन् ।











प्रतिक्रिया