४ मंसिर २०८३, शुक्रबार

तीन जना बालिका बलात्कारको अभियोगमा तीन जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ धर्मापुर कटान बस्ने ३६ वर्षीय धरमविर चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, मोरङमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–३ बस्ने २५ वर्षीय हिमाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई जबरस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता, सिरहामा चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा भगवानपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय आनन्दकुमार पासवानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पासवानले ती बालिकालाई यौन दुर्ब्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।