
काठमाडौं, १९ साउन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ठाकुर प्रताप थापालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ पन्चकन्या मार्ग बस्ने ६२ वर्षीय थापालाई आज मंगलबार प्रहरीले पक्राउ गरेको हो । थापाविरुद्ध उच्च अदालत पाटनको २०७६ भदौ ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३९ लाख ९६ हजार ४०० रुपैयाँ जरीवाना ठहर गरेको थियो ।
फैसलापछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो । थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी देव विकाश बैकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।















प्रतिक्रिया