
काठमाडौं, १९ साउन । पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमणको दर बढ्न थालेसँगै आईसीयूमा उपचाररत संक्रमितको संख्या ६८६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल १६२ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३७ जना छ भने होम आइसोलेशनमा २९ हजार २२ जना संक्रमित छन् ।
त्यस्तै ३७१ जना संक्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । राजधानीलगायत शहरी क्षेत्रका हस्पतालहरू पुन संक्रमितले भरिन थालेसँगै तेस्रो लहरको चिन्ताले नेपालीलाई थप सताउन थालेको छ ।















प्रतिक्रिया