
काठमाडौं, १९ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यलयले साउन २१ गतेदेखि २७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २९७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारी प्रयोग गर्दै कार्यालयले निषेधा आदेश जारी गरेको जनाएको छ ।
यद्यपि, उपत्यकाका तीनवटै जिल्ला प्रशासनले लागू गर्दै आएको निषेधाज्ञा पनि उपत्यकामा कायमै छ । खुकुलो गरी लागू गरिँदै आएको निषेधाज्ञालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने जिल्लाभर लागू हुनेगरी नयाँ आदेश जारी गरेको हो ।
यसअघि काठमाडौं जिल्ला प्रशासनले आजै एक विज्ञप्ति जारी गरी काठमाडौंमा कोरोना संक्रमणको दर बढेकाले भीडभाडजन्य गतिविधि पूर्ण रुपमा रोक लगाउन सर्वसाधारण तथा सरोकारवालाहरुलाई अपिल गरेको थियो । पछिल्लो केही दिनयता कोभिड–१९ को सङ्क्रमण दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आम नागरिकमा सचेत गराएको हो ।
आज मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम कायमै रहँदा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न अपिल गरेको छ ।
भीडभाडजन्य गतिविधिले सङ्क्रमण दर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न पनि आग्रह गरिएको छ । ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडजन्य गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ,’ प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालहरूमा आइसीयु, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ ।
हेर्नुहोस् आदेशको पूर्ण पाठ–
















प्रतिक्रिया