
काठमाडौं, १९ साउन । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव ल्याएका छन् ।
उनीहरूले ल्याएको प्रस्तावमा रवीन्द्र मिश्रको राजनीतिक प्रस्तावले नेपालको वैकल्पिक राजनीतिकलाई गलत दिशामा लैजाने दाबी गरिएको छ । पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट मिश्रको काउन्टरमा नयाँ प्रस्ताव सार्वजनिक गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् ।
‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारको वकालत गरिएको छ । साथै, तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उनीहरूको प्रस्ताव छ ।
पूर्णपाठ पढ्नुहोस्–















प्रतिक्रिया