
काठमाडौं, १९ साउन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १ लाख ८० हजार कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
उक्त शेयर जारी गर्नका लागि संस्थाले सनराइन क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । दाङको घोराहीमा रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्नका लागि काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सनराइज क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।
सो सम्बन्धी सम्झौतामा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगतबीर चौधरी तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आईपीओ निष्कशनका लागि कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाइसकेकाले निकट भविष्यमै सो शेयर जारी गरिने बताइएको छ ।















प्रतिक्रिया