
काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच कोटेश्वरमा छलफल भएको छ ।
सरकार सञ्चालन र पछिल्ला घटनाक्रमबारे नेपाल निवास कोटेश्वरमा दाहाल र नेपालबीच छलफल भएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजै भेटवार्ता हुने चर्चा छ ।
यसलाई एमाले आन्तरिक संघर्षको उत्कर्ष र एकताको महत्वपूर्ण भेटघाटका रुपमा हेरिएको बेला ओली–नेपाल भेटघाटअघि नै दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।















प्रतिक्रिया