बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सिटिजन्स बैंकको जोगीगाउँमा शाखा स्थापना

दैनिक नेपाल २०७८ साउन १९ गते ७:३५

काठमाडौं, १९ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित