७ कार्तिक २०८३, शनिबार

सिप्रदी र एनएमबि बैंकबीच नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जामा सहकार्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एन.एम.बि. बैंक लिमिटेडको नेपालभरीका शाखाहरूमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एन.एम.बि. बैंक लिमिटेडको नेपालभरीका शाखाहरु मार्फत कर्जा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाईनान्सको सुविधा उपलब्ध गराउनेछ ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र एन.एम.बि. बैंक लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् ।