बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ओली-नेपालबीच संवादको तयारी, अधिकार बाँडफाँटबारे छलफल चल्दै

दैनिक नेपाल २०७८ साउन १९ गते ७:१०

काठमाडौं, १९ साउन । नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउने क्रममा अधिकार बाँडफाँटबारे छलफल सुरु भएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाएका विषयलाई सम्बोधन गर्ने गरी अधिकार बाँडफाँटबारे छलफल सुरु भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले दुवैतर्फबाट कार्यदलमा रहेका नेताहरूलाई अधिकार बाँडफाँटको बारेमा खाका ल्याउन आग्रह गरेको र कार्यदलमा रहेका नेताहरूले त्यसबारेमा छलफल थालेका हुन्।

एक नेताका अनुसार बजारमा आएजस्तो संयुक्त हस्ताक्षरको पनि खास अर्थ नभएकाले महाधिवेशन सम्म कसरी जाने र त्यसविषयमा दुवै पक्षका नेता कार्यकर्ताहरूलाई गरिने व्यवहारमा पक्षपात नहोस भन्ने नै हो। ‘संविधान त एमालेको महाधिवेशन चाँडै गर्नुपर्छ आगमी माघभित्र महाधिवेशन गर्नुपर्ने भएकाले संयुक्त हस्ताक्षरको विषय पनि गौण हुनसक्छ भावनात्मक विषय त हुनसक्ला तर त्यसको अर्थ रहन्न। खासगरी महाधिवेशनसम्म दुवै पक्षका नेता कार्यकर्तालाई अन्याय नहोस् भन्नेबारेमै सचेत रहनेगरी अघि बढ्ने हो,’ स्रोतले भन्यो। दोस्रो अध्यक्षमा नेपालको रुची नभए पनि कार्यदलका नेताहरू अधिकार बाँडफाँटकै विषयमा केन्द्रित भएर छलफल गरिरहेका छन्। यसका लागि मंगलबार बिहान सुवास नेम्बाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेको संयुक्त बैठक बस्ने भएको छ।

अधिकार बाँडफाँटको कुरा मिलेपछि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवाद हुने बताइएको छ। नेपालले आफूलाई दोस्रो अध्यक्षको आवश्यकता नभएको तर नेता कार्यकर्तालाई अन्याय नहुने गरी अधिकार बाँडफाँट हुनुपर्ने बताउँदै आएका थिए। ओली पक्षले दोस्रो अध्यक्षको प्रस्ताव गर्दा नेपालले अहिले दोस्रो अध्यक्षको कुरा नगरांै अन्याय नहुनेगरी अधिकारको मात्रै कुरा गरौ भनेका थिए। तर नेपाल पक्षका नेताहरूले दोस्रो अध्यक्षमा जानुपर्ने दबाब दिइरहेका छन्। ‘हामीले अधिकारसहितको दोस्रो अध्यक्ष भनेका छांै, ओलीतिरबाट अधिकारको कुरा प्रष्ट भएको छैन दोस्रो अध्यक्षको कुरा प्रष्टै आएको छ, नेपालले भने विधानमा नभएको विषयमा कुरा नगरांै भन्नुभएको छ,’ नेपाल पक्षका एक नेताले भने । उनका अनुसार अधिकारमा कुरा मिल्ने अवस्था आएको बिफ्रिङपछि नेपाल सकारात्मक बनेका थिए।

ओली पक्षबाट कार्यदलमा रहेका सुवास नेम्बाङले पनि विवाद निरूपणको प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताए। मैले तपाईंहरूलाई पहिलादेखि नै भन्दै आएको छु, एमालेमा अब यो पक्ष वा त्यो पक्ष छैन भनेर। अब दुई नेताहरूको चाँडै नै भेटघाट हुन्छ, संवाद हुन्छ, चाँडै भनेको भोलि पनि हुनसक्छ समय र ठाउँ एकिन नभएको मात्रै हो,’ नेता नेम्बाङले भने । तर नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेल कुनै पनि विषयमा सहमति भइनसको बताएका छन्। उनले सबैजना एकताकै पक्षमा रहेको दाबी गर्दे दुई नेताबीच मंगलबार भेटघाट हुने संकेत गरे। ‘सहमति भएको छैन, भोली बिहान हामी चारजना नेता बस्छौं अनि मात्रै दुई नेता संवादमा बस्नुहुन्छ,’ पाण्डेले भने। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित