बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विवेकशील साझामा अर्को प्रस्ताव– ‘वैकल्पिक राजनीतिको मूल बाटो’

दैनिक नेपाल २०७८ साउन १८ गते १८:५८

काठमाडौं, १८ साउन । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीभित्र अर्को राजनीतिक प्रस्ताव ल्याउन लागिएको बताएका छन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत यससम्बन्धी जानकारी दिँदै पाण्डेले आफूहरूले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नाम गरेको दस्ताबेज ल्याउन लागेको उल्लेख गरेका छन् । उक्त दस्ताबेजमा सबैभन्दा माथि न्याय, स्वतन्त्रता र सम्वृद्धि लेखिएको उनले बताएका छन् ।

पार्टीभित्र केहि दिनअघि अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामको आलेखमार्फत सङ्घीयता खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहको प्रस्ताव ल्याएका थिए । उनले दस्ताबेजमा राजतन्त्रको समेत वकालत गरेको थिए । उक्त प्रस्ताव ल्याएपछि, पार्टीका अर्का संयोजक मिलन पाण्डेले विरोध गरेका थिए ।

संयोजक पाण्डेले दस्ताबेज क–कसको नाममा के–के विषयमा आउँदै छ भन्ने कुरा भने खुलाएका छैनन् । ‘दस्ताबेजमा धेरै जनाले काम गर्नुभएको छ । प्रतिनिधि नाम १–२ जनाको आउँछ, तर यो दस्ताबेज सामूहिक दस्ताबेज हो,’ उक्त पार्टीका एक नेताले भने ।

रवीन्द्र मिश्रको दस्ताबेजमा पार्टीभित्रै धेरै विरोध भइरहेको छ भने बौद्धिक जमातले समेत राजतन्त्र ल्याउन लागेको, सङ्घीयता उल्ट्याउन लागेको र धर्मको राजनीति गर्न लागेको भनेर विरोध भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित