शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

श्रमजीवी पत्रकार र स्वरोजगारमुलक मिडियाको रक्षाका लागि योजना ल्याउँछु : अर्थमन्त्री

दैनिक नेपाल २०७८ साउन १८ गते १८:५१

काठमाडौं, १८ साउन । नेपाल पत्रकार महासंघले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफल गरेको छ ।

महासंघ केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गर्दै कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफल गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमीकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गरेका छन् ।

सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै उनले सरकारको स्वस्थ आलोचना गर्दा केही नहुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित