८ कार्तिक २०८३, आइतबार

पूर्वमाओवादी सांसदको पद पुनर्बहाली गर्न सर्वोच्चले मानेन, अन्तिम सुनुवाइमा के होला ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।