८ कार्तिक २०८३, आइतबार

१ केजी १२ ग्राम अवैध लागूऔषध कोकिनसहित नौं जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । १ केजी १२ ग्राम अवैध लागूऔषध कोकिनसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरुमा काठमाडौं रानीबारी बस्ने ४३ वर्षीया अन्जु थापा मगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापा मगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ र भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका ३९ वर्षीय सन्दिप पटेल छन् ।

त्यस्तै धादिङ निलकन्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय मिराज ढकाल, काठमाडौं महानगरपालिका–१३ बस्ने ४९ वर्षीय सुदन शाक्य र धादिङ निलकन्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय मछिन्द्र धमला पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ मध्ये सुरोजलाई साउन १० गते चितवन भरतपुर महानगरपालिका–७ प्रेमवस्तीबाट पक्राउ गरी काठमाडौं तारकेश्वर नगरपालिका–८ गौरीगाउँबाट ६८३ ग्राम अवैध लागूऔषध कोकिन, नगद ३ हजार ५७५ रुपैयाँ र १ थान डिजिटल तराजु बरामद गरेको थियो ।

त्यस्तै अन्जुलाई साउन १० गते काठमाडौं रानीबारीबाट ३२९ ग्राम अवैध लागूऔषध कोकिन र नगद ७ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो । साथै काठमाडौं रानीबारीबाट मुना, रक्की, रायललाई साउन १० गते, काठमाडौं टोखा नगरपालिका–८ जालपा चोकबाट सन्दिपलाई १ थान डिजिटल तराजुसहित साउन ११ गते, काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाबाट मिराजलाई साउन ११ गते, काठमाडौं महानगरपालिका–२३ झोंछेबाट सुदनलाई नगद ३५ हजार रुपैयाँसहित साउन १३ गते र काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट मछिन्द्रलाई साउन १४ गते पक्राउ गरेको प्रहरीले बताएको छ ।

यसअघि लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले साउन ७ गते काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित होटलमा अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न ४ जनालाई ५०० ग्राम अवैध लागूऔषध कोकिन र २ केजी ४०० ग्राम सुन जस्तो देखिने धातु सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न ९ जनालाई समेत पक्राउ गरिएको उक्त ब्यूरोले जनाएको छ । उनीहरु उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद लिई थप बिस्तृत अनुसन्धान कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।