बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

एमालेमै फर्किइन् लुम्बिनीकी प्रदेश सांसद ओली, के हुन्छ सत्तासमीकरण ?

दैनिक नेपाल २०७८ साउन १८ गते १७:१०

बुटवल, १८ साउन । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।

आज सोमबार एक विज्ञप्ति प्रकाशित गरी उनले आफू सूर्य चिह्नबाट निर्वाचित भएको भन्दै एमालेमै फर्किएको बताएकी हुन् । तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित