मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

२४ घण्टामा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, १९२५ जना निको हुँदा २३ जनाको मृत्यु

दैनिक नेपाल २०७८ साउन १८ गते १७:०१

काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १० हजार ६१३ जनाको आरटी–पीसीआर गर्दा २२७९ जना र ३ हजार १९८ जनाको एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी आज ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९९ हजार ६४९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८९८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ जना पुगेको छ । यो कुल संक्रमितको ९४.१ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख २२ हजार ४८० जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३१ हजार ६२९ जना आइसोलेसन र ३६८ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित