शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गृहमन्त्री खाँण भन्छन्– दार्चुला घटनाबारे सरकारले बोल्न मिल्दैन

दैनिक नेपाल २०७८ साउन १८ गते १५:५१

काठमाडौं, १८ साउन । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा अहिले नै सरकारले केही बोल्न नमिल्ने बताएका छन् ।

घटनाको छानविनका लागि समिति गठन गरिसकिएको र सो समितिको विस्तृत प्रतिवेदन नआएसम्म सरकारले केही बोल्न नमिल्ने उनले बताएका हुन् । ‘प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय लिँदै धारण तय गर्छ,’ गृहमन्त्री खाँणले भने ।

आज सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले छानविन समितिको प्रतिवेदनका आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हामी आफैंले छानविन समिति बनाइरहेको अवस्थामा छानविनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानविनबाट घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुका लागि हामी जुनसुकै अडान लिन पनि तयार छौँ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित