बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एन्फामा प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीच विवाद : प्रवक्ता राईले दिए राजीनामा

दैनिक नेपाल २०७८ साउन १८ गते १५:३५

काठमाडौं, १८ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् ।

मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफूले राजीनामा दिएको बताएका छन् । उनले एन्फामा ३ वर्ष ३ महिनासम्म प्रवक्ताको रूपमा काम गरेका थिए ।

एन्फामा मिल्ने विवाद मन्त्रालयसम्म पुग्नु राम्रो नभएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका थिए । एन्फा अब नराम्रो अवस्थामा पुगेको हुनाले चाँडै चुनावमा जानुपर्ने प्रवक्ता राईले बताएका छन् ।

उनले एन्फा पदाधिकारीको गतिविधिले खेलाडीमा नराम्रो असर पर्न नहुनेमा जोड दिँदै पछिल्लो समय पदाधिकारीमा जुन हर्कत भयो र त्यो विवाद मन्त्रालयसम्म पुग्यो त्यसले नेपाली फुटबलमा ठूलो क्षति हुने राईको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित