शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सबैखालका परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

दैनिक नेपाल २०७८ साउन १८ गते १५:२६

काठमाडौं, १८ साउन । कोभिड–१९ तेस्रो लहरको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने तयारी गरेका हुन् ।

आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित