शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पछिल्लो राजनीतिक सङ्कटका मुख्य कारक प्रचण्ड नै हुन् : मुख्यमन्त्री पोखरेल

दैनिक नेपाल २०७८ साउन १८ गते १३:४४

बुटवल, साउन १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो राजनीतिक सङ्कटका मुख्य कारक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भएको बताएका छन् ।

प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको उनको भनाइ छ । नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनितिमा संकट उत्पन्न भएको मात्र होइन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ ।

बुटवलमा ‘जिउँदा जीवराज’ नामक वृत्तचित्र सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो तीन–चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पुरा गर्नसके प्रचण्डबीनाको वामपन्थी एकता कायम गर्न सकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित