७ कार्तिक २०८३, शनिबार

एनएमबि बैंकको नयाँ बचत योजना ‘एनएमबि इन्भेष्टर सेभिङस्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरूलाई लक्षित गरीे शुन्य मौज्दातमै बिषेश सुविधायूक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ ।

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागि निःशुल्क डिम्याट तथा मेरो शेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएसमार्फत निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर, निःशुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्ष सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचत सँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।