शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रियलमीले नेपाली उपभोक्तामाझ उत्कृष्ट उत्पादनहरू ल्याउँदै

दैनिक नेपाल २०७८ साउन १८ गते ७:३८

काठमाडौं, १८ साउन । प्रविधि जगतमा तिव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमीले नेपालमा आफ्नो बजारीकरण अझ सशक्त पार्दै नेपाली उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादनहरू प्रस्तुत गर्ने घोषणा गरेको छ ।

स्थानीयकरण र नवीनता मुलमन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रुपमा लिएको छ । आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पुर्‍याउने तयारी गरेको छ ।

नेपाली बजारको लागि रियलमीले शंकर ग्रुपका साथ सहकार्य गर्ने भएको छ । शंकर ग्रुप नेपालका साथ विश्वका विभिन्न भागका बहुक्षेत्रमा परिचित नाम हो । शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनहरुको पहुँच र पकड बनाउन अरुसँग पनि सहकार्य गर्ने छ ।

यसै प्रसङ्गका साथ रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सिईओ माधव शेठले नेपाली बजारको लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएको छ ।

माधव शेठको कुशल नेतृत्वका कारण रियलमी व्राण्ड भारतका साथै चेक रिपब्लिक र ग्रीसमा उत्कृष्ट चारमा पर्न सफल भएको छ भने भारतमा फाइभ जी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत रहेका छ । काउन्टरप्वाइन्टका अनुसार भारतमा मात्र ५ करोड भन्दा बढी उपभोक्तका साथ तिव्र गतिमा यसको माग भएको देखिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित