
काठमाडौं, १७ साउन । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहुप्रतिक्षित होण्डाको ‘सीबी३५० आरएस’ नेपाली बजारमा आज आइतबार सार्वजनिक गरेको छ ।
नेपालमा होण्डा सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस ‘सीबी३५० आरएस’ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कम्पनीको विश्वास छ ।
आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यो बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।
एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् ।
नेपाली बजारमा ‘सीबी३५० आरएस’को मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।















प्रतिक्रिया