शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लुम्बिनी प्रदेश सांसद विमला खत्री बेपत्ता

दैनिक नेपाल २०७८ साउन १६ गते १०:०१

काठमाडौं, १६ साउन । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् विमला खत्री ओली सम्पर्क बिहीन भएको बताएको छ ।

प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्क बिहीन बनेको संसदीय दलका सचेतक तुलाराम घर्तीले जानकारी दिएका छन् ।

विमला बिहीबारसम्म सम्पर्कमा थिइन् । उनी अहिले सम्पर्कमा छैनिन् । फोनको लोकेसन जाँच गर्दा कहिले दाङ देखाउँछ, कहिले बुटवल देखाउने गरेको घर्तीले बताएका छन् ।

ओली केहीदिन अघि मात्रै दाङ आएकी थिइन् । दाङ आएपछि सम्पर्क बिहीन बनेको घर्तीले बताए ।

ओली दाङ क्षेत्र नं. ३ (ख)बाट निर्वाचित सांसद हुन् । उनका श्रीमान् तत्कालीन प्रदेश सांसद उत्तरकुमार ओलीको निधन पछि विमलालाई उपचुनावमा पार्टीले टिकट दिएर जिताएको थियो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा निर्वाचन भएको र पछि उनले दल रोज्दा माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित