काठमाडौँ, १५ साउन । सानिमा बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौँ लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।
सो समझदारी पत्रमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुनुहुन्छ ।
सानिमा बैंकको देशभर हाल सम्म ८६ वटा शाखा संजाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा ए.टि.एम. रहेका छन् ।