
काठमाडौँ, १५ साउन । सर्वोच्च अदालतमा पूर्वमाओवादी नेताहरुको रिटमा आज पनि सुनुवाई नहुने भएको छ ।
निवेदकका तर्फबाट आएको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
रिटलाई बिहीबार हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।
सांसद पदमा पुनर्वहालीको माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरेका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले दल त्याग भएको पुष्टि हुनुपर्ने भनेको र आफूहरुले दल त्याग गरेको पुष्टी हुने कुनै प्रमाण नरहेको उनीहरुको तर्क छ ।















प्रतिक्रिया