काठमाडौँ, १५ साउन । आज सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।
नेपाली बजारमा शुक्रबार ५०० रुपैयाँले बढेर ९२ हजार ९०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस