काठमाडौँ, १५ साउन । नेकपा एमालेले साउन १५ का अवसरमा पार्टी कार्यालयमा खीर खुवाउने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा साउन १५ को अवसरमा खीर खुवाउने कार्यक्रम राखिएको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
नेपाली किसानहरुले साउन १५ लाई खीर खाने दिनको अवसरका रुपमा मनाउँदै आएकाले त्यसैलाई निरन्तरता दिन पार्टीले यो कार्यक्रम आयोजना गर्ने भएको हो ।
शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले बताए ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस