७ कार्तिक २०८३, शनिबार

खोप खरीदका लागि पैसाको कुनै कमी हुन दिदैनौं : अर्थमन्त्री शर्मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि पैसाको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग बुधबार भएको छलफलमा सो कुरा बताएका हुन् । अर्थमन्त्री शर्माले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई कोरोना खोपतालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह समेत गरेका छन् ।

खोप खरीदको लागि पैसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन पनि आग्रह गरेका छन् । असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै उनले खोप खरीदको लागि बजेटको कमी हुन नदिने बताएका हुन् ।

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएको भन्दै विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेर खोप खरीदमा लगाउने अर्थमन्त्री शर्माको तयारी छ ।