९ कार्तिक २०८३, सोमबार

वडाध्यक्ष श्रेष्ठको पहलमा बुंकोटका १५० घरलाई फिल्टर वितरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुंकोट, १४ साउन । गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले दाताको सहयोगमा प्राप्त खानेपानी फिल्टरहरू वितण गरेका छन् ।

वडाध्यक्ष श्रेष्ठले बुंकोटका १५० घर धुरीलाई खानेपानीको फिल्टर बितरण गरिएको जानकारी दिए ।

वाइन टु वाटर नेपाल नामक गैर सरकारी संस्थाको सहयोगमा वडाभित्रका १५० घर धुरीलाई बुधबार फिल्टर बितरण गरिएको छ ।

दुषित पानी पिउन बाध्य रहेका घरपरिवारहरूलाई फिल्टरले केही हदसम्म सफा पानी पिउन सहयोग हुनेछ ।

अमेरिकी प्राविधिमा आधारित एउटा फिल्टरको बजार मूल्य ७ हजार पर्छ । १० लाख ५० हजार खर्चेर सामग्री खरिद गरेर वितरण गरिएको वाइन टु वाटर नेपालकी प्रोग्राम असिस्टेण्ट शैली चित्रकार बताइन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेशबावु थापा मगर, उपाध्यक्ष ईन्दिरा तिवारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले, वाइन टु वाटरकी राष्ट्रिय कार्यक्रम निर्देशक रोशनी कार्की सापकोटा, वाइन टु वाटर नेपालकी प्रोग्राम असिस्टेण्ट शैली चित्रकार, वास संयोजक यज्ञराज जोशी, बोड डाइरेक्टर राम तिमिल्सिना, सामाजिक परिचालक बीरु गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसका युवा नेता समेत रहेका वडाध्यक्ष श्रेष्ठले आफ्नो वडामा विभिन्न क्षेत्रबाट सहयोगहरू जुटाएर जनताको सेवा गर्दै आएका छन् ।