शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

संक्रमण र मृत्युदर बढ्दो क्रममा, ३ हजार ८४० जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

दैनिक नेपाल २०७८ साउन १३ गते १६:५६


काठमाडौँ, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ६५५ र एन्टिजेन विधिबाट ४ हजार ८६३ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ८४० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको छ ।

हालसम्म १४ लाख ५७ हजार ६७० जनाले पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७९१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित