मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

मकवानपुरमा डुबेर १० वर्षीय बालकको मृत्यु

दैनिक नेपाल २०७८ साउन १३ गते १५:५८

सांकेतिक तस्वीर

मकवानपुर, १३ साउन । बागमती गाउँपालिका–८ शान्तिपुर बस्ने लोक बहादुर सारुको छोरा १० वर्षीय सागर सारुको डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरबाट करिब ५ सय मिटर टाढा कालिका कन्ट्रक्सनले भाडामा लिएको जग्गामा खनेको खाल्डोमा रहेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनको बेतिनि स्वस्थ्य चौकी फापरबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही विषयलाई लिएर मृतकका आफन्तहरुले कन्ट्रक्सनको कम्पाउण्डभित्र राखिएको बा.१८ च ५९३७ नम्बरको बलेरोमा आगजनी गर्दा बलेरो पूर्णरुपमा जलेर नष्ट भएको छ ।

साथै उनीहरुले बा.२ क ५८२० नम्बरको जेसिबी, ना १ क ४४५० तथा ना १ क ४५६५ नम्बरको मिक्चर ट्रक र सोही कन्ट्रक्सनको कार्यालय कक्षको झ्यालको शिशा समेत तोडफोड गरेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित