१७ कार्तिक २०८३, मंगलबार

१ किलो १ सय ६५ ग्राम सुनसहित पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १३ साउन । काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई १ किलो १ सय ६५ ग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको बस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको छ ।