शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मन्त्रिपरिषद तत्काल विस्तार गर्ने सहमति

दैनिक नेपाल २०७८ साउन १३ गते ११:५४

काठमाडौँ, १३ साउन । सतापक्षका दलहरुबीच तत्कालै मन्त्रिपरिषदको विस्तार गर्ने सहमति भएको छ ।

वुधबार बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुबीचकाे बैठकले यस्तो सहमति गरेको हाे ।

मन्त्रिपरिषद विस्तारका लागि अब धेरै समय कुर्न नपर्ने निष्कर्ष बैठकले निकालेको हाे ।

त्यस्तै, सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको बताइएको छ ।

त्यस्तै, राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्नुपर्ने बारेमा समेत बैठकमा कुरा उठेको बुझिएको छ ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

यता माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राईलगायत नेताहरुको सहभागीता रेहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित