शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लफडा गरेर कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी मन्त्री बन्न ‘टाप’

दैनिक नेपाल २०७८ साउन १३ गते ८:१८

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका नेताहरूले धर्नामा बसेका बारा कांग्रेसका नेताहरूको माग सम्बोधन हुने आश्वासन दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापति विजयकुमार गच्छदार, सह–महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, फर्मुल्लाह मन्सुरसहितका नेताले बारा कांग्रेसका नेताहरूको माग सम्बोधन हुनुपर्ने बताएका छन् । मंगलबार पनि सह–महामन्त्री डा.महतसहितका नेताहरूले भेटेर मागका विषयमा जानकारी लिएका छन् ।

बारा कांग्रेसका युवा नेता एवम् क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले केन्द्रीय नेतृत्वबाट मागको सम्बोधन गर्ने आश्वासन आएको भए पनि माग सम्बोधन नहुँदासम्म आफूहरू धर्नामा बस्ने बताएका छन् ।

बारा कांग्रेसका सभापति जयचन्द्र चौरसियासहितका नेताहरू विगत एक हप्तादेखि कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा धर्नामा छन् । धर्नामा क्षेत्र नं. १ का सभापति विजयशंकर यादव, २ का सभापति रामप्रवेश यादव, ३ का सभापति मुकेश कुशवाह र ४ का सभापति सुनिल गुप्तासहित नेताहरू छन् ।

क्रियाशील सदस्यता विरतणमा केन्द्रीय सदस्य उमाकान्त चौधरीले लफडा गरेपछि न्याय खोज्न बारा कांग्रेसका सम्पूर्ण नेतृत्व केन्द्रीय कार्यालयमा आएको छ । बारामा कमजोर चौधरीले आफू हाबी हुन क्रियाशील सदस्यता वितरणमा अंकुश लगाउन खोजेका छन् । चौधरीको यो हर्कतलाई बारा कांग्रेसले सिधै चुनौती दिएको छ ।

बारा कांग्रेसको विवाद समाधान गर्न उमाकान्त चौधरीले पहल गर्नुपर्ने थियो । तर, उनी भागेर हिँडेका छन् । उनी सानेपामा गएर धर्नामा बसेका नेताहरूसँग नजर मिलाउन सकेका छैनन् । चौधरीलाई फरार भएको भन्दै धर्नामा बसेकाहरूले आक्रोश पोखेका छन् । शीर्ष नेताहरू धर्नामा आएर समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । तर, बखेडा गर्ने नेता चौधरी धर्नामा देखिएका छैनन् ।

बारा कांग्रेसका सबै नेताहरू केन्द्रीय कार्यालयमा धर्ना बसेपछि केन्द्रीय सदस्य चौधरीको सातोपुत्लो उडेको छ । बारामा कांग्रेसलाई चौधरीले बिगारेको आरोप छ ।

बारा कांग्रेसमा लफडा गरेर बेपत्ता भएका केन्द्रीय सदस्य एवम् सांसद चौधरी मन्त्री बन्न लविङमा लागेका छन् । चौधरीलाई बारा कांग्रेसको विवाद समाधान नर्दासम्म मन्त्री बनाउन नहुने माग नेता कार्यकर्ताको छ ।

प्रतिक्रिया
सम्बन्धित