शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कैलालीमा ५ किलो लागुऔष चरेशसहित दुई जना पक्राउ

दैनिक नेपाल २०७८ साउन १३ गते ६:३६

धनगढी, १३ साउन । कैलालीमा साढे ५ किलो लागुऔषध चरेश र एक लाख २० हजार नगद सहित दुई जना पक्राउ परेका छन् ।

सोमबार राती सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले ५ किलो ५०० ग्राम लागुऔषध चरेश र नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले जिल्लाको गौरीगंगा नगरपालीका वडा ८ गिदनियास्थित पूर्वपश्चिम राजमार्गमा शंंकास्पद रुपमा हिंडिरहेको अवस्थामा गौरीगंगा नगरपालिका ११ शिवपुरका ४० वर्षीय गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका ६ का ३५ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो ।

शंकास्पदरुपमा हिडिरहेका उनीहरुमाथि शंका लागी चेकजाँच गर्दा गारेले साथमा बोकेको कालो रंगको झोलाभित्र ५ किलो ५०० ग्राम लागुऔषध चरेश र धनबहादुरको पासबाट नगद एक लाख २० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनालाई पक्राउ गरी लागुऔषध ओसारसिारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित